श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
मङ्गलबार, ०७ माघ २०७६, १२ : ३३
बारा । आफ्नै ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा पचरौता नगरपालिका-१ पिपरपाती टोल बस्ने रामयाद महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनास्थलमा शव जल्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यलाय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
महतोलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने