सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप

शुक्रबार, १४ वैशाख २०८१, १९ : ३२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘द्रौपदी’ सुटिङ ४४ दिनमा सकिएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हूत गर्दै छायांकन थालेको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन् । करिब चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइएको ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ‘सुवास’ ठडराई , प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ । 

मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम्, बिष्णु ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् ।

यसअघि ंमिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ निर्माण गरिसकेका आचार्य हाल केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को सदस्य छन् । 

आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट उनी स्वयम्ले लेखेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप