ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
काठमाडौँ । फिल्म ‘द्रौपदी’ सुटिङ ४४ दिनमा सकिएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हूत गर्दै छायांकन थालेको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन् । करिब चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइएको ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ‘सुवास’ ठडराई , प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ ।
मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम्, बिष्णु ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् ।
यसअघि ंमिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ निर्माण गरिसकेका आचार्य हाल केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को सदस्य छन् ।
आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट उनी स्वयम्ले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण