‘साङ्लो’का लागि हट बनिन् निकिता
काठमाडौं । पूर्व मिस नेपाल निकिता चाण्डक अभिनेत्रीको रुपमा देखिँदै छिन् । उनी फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा देखिन लागेकी हुन् । फिल्मको प्रदर्शन मिति यही माघ २४ गते तोकिएको छ ।
फिल्मका उनी अभिनेत्री विराज भट्टको जोडी बनेकी छन् । फिल्मको सार्वजनिक गीत र ट्रेलर हेर्दा फिल्मका उनको बिराजसँगको जोडी सुहाएको देखिएको छ ।
हुन त ‘साङ्लो’ भन्दा अगाडि उनले ‘रानीमहल’ अभिनय गरेकी थिइन् । उक्त फिल्म बिचमा अड्किएको कारण रिलिज हुन लागेको पहिलो ‘साङ्लो’ भएको हो ।
‘साङ्लो’ अभिनेता बिराजले नै निर्माण निर्देशन गरेको फिल्म हो । फिल्मले मृगौला तस्करीको कथा उठाएकोले दर्शकले रुचाउने निर्माण पक्षको आस रहेको छ ।
केही दिन अगाडि फिल्मको नयाँ गीतको राजधानीमा छायांकन भएको थियो । गीतमा विराज र निकिताले एकसाथ नृत्य समेत रहेका थिए ।
उक्त गीत सुटिङ समयको केही तस्बिर अहिले निर्माण युनिटले सार्वजनिक गरेको छ । जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ । उनको पहिरनले काठमाडौंको चिसो मौसमलाई समेत चुनौती दिएको छ । फिल्मको चर्चाका लागि निर्माण युनिटले यो गीत डान्सिङ नम्बरको रुपमा थपेको हो । गीतको बेला र अन्य पक्ष भने अहिले सार्वजनिक गरिएके छैन ।
फिल्ममा बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।
शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा