शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीको पूर्वी भागमा शक्तिशाली भूकम्प, कम्तिमा २० को मृत्यु (अपडेट)

शनिबार, ११ माघ २०७६, १५ : ३७
शनिबार, ११ माघ २०७६

एजेन्सी । टर्कीको पूर्वी क्षेत्रमा रहेको एलाजिग क्षेत्रमा शुक्रबार ६.८ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्प कम घनत्वयुक्त क्षेत्रमा गएको भए पनि कम्तिमा २० को मृत्यु भएको समाचार छ ।

टर्कीस अधिकारीका अनुसार भूकम्पमा परेर ९०० घाइते छन् भने ३० व्यक्तिको भग्नावशेषमा फसिरहेका छन् ।  

भूकम्प गएको क्षेत्रमा अत्यन्त चिसो मौसम रहेकाले भग्नावशेषमा फसेका मानिसलाई जिउदैं उद्दार गर्ने काम कठिन बन्दै गएको छ ।  

उद्दारकर्मी दिनरात नभनी फसेका मानिसको खोजी गरिरहेका छन् । रक्षामन्त्री हुलुसी अकरले भूकम्पको सहयोगको लागि फौज तैनाथ अवस्थामा रहेको बताएका छन् । 

भूकम्पबाट घरबार नष्ट भएपछि सयौं मानिस बेघर भएका छन् । गृहमन्त्री सुलेमान सोयिलुले उद्दारकर्मीले भग्नावशेषमा फसेका कम्तिमा पनि ३० व्यक्तिलाई खोजेर सकेसम्म छिटो उद्दार गर्न खोजेको बताए । 

विपद तथा आकष्मिक व्यवस्थापन निकायका अनुसार भूकम्प गएको एलाजिग टर्कीको राजधानी अंकाराबाट ७५० किमी टाढा छ । स्थानीय समय अनुसार ८ः५५ मा आएको भूकम्पको केन्द्र जमिनभन्दा ६.७ किमी मुनि रहेको बताइएको छ । 

मुल भूकम्पपछि पनि ५.४ रेक्टर स्केलको भूकम्प र ५.१ रेक्टरका दुई परकम्प आएका थिए । 

टर्की भूकम्पीय रुपमा संवेदनशील क्षेत्रमा रहेकाले भूकम्प गइरहन्छ । यस अघि सन् २०१० मा एलाजिग सहरमै पनि ६ रेक्टर स्केलको भूकम्प आएको थियो जसमा ५१ को मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप