पश्चिम बङ्गाल भ्रमणमा जाँदै पूर्वराजा
आइतबार, १२ माघ २०७६, ०७ : ११
पूर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित भारतको पश्चिम बङ्गाल जाँदैछन् । गत मङ्सिर २७ गते झापा पुगेका शाह पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बङ्गाल जान लागेका हुन् ।
शाहलाई सुरक्षा निकाय र उनको कारकेडसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ । पश्चिम बङ्गाल सरकारको सुरक्षासहितको टोलीले उनलाई गन्तव्यसम्म पुर्याउने छ । कारकेडसहितको सरकारी टोलीले पश्चिम बङ्गाल पुर्याउने व्यवस्था मिलाइएको छ ।
‘धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम छ,’ उच्च स्रोतले भन्यो, ‘उतैको निम्तो मान्न बङ्गालको सिलिगुढी, दार्जिलिङ, कालिम्पोङ, सिक्किम जान लाग्नुभएको हो ।’
शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिम बङ्गालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ । भ्रमण दुई साता लामो हुने बताइएको छ ।
आजको नेपाल समाचारपत्रमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु