भारतीय राजदूतावासको स्वागत समारोहमा उपराष्ट्रपति
आइतबार, १२ माघ २०७६, १७ : ३४
काठमाडौं । भारतको ७१ औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन् ।
कार्यवाहक राजदूत अजयकुमारले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा