माटो खानीमा पुरिएर सासू बुहारीको मृत्यु
सोमबार, १३ माघ २०७६, २२ : ११
सिञ्जा । माटो खानी पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो । नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिएर घटनास्थलमै मृत्युु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिए ।
उनका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । माटो खन्ने क्रममा खानी भासिएको थियो । आजै मृतक दुबैलाई शवपरीक्षणका लागि अस्पताल पु¥याइएको छ भने घाइते दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा