कोरोना भाइरस महामारी विरुद्धको अभियानमा चिनियाँ सेना, राष्ट्रपति सीले दिए यस्तो निर्देशन
बुधबार, १५ माघ २०७६, २३ : ०६
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनालाई कोरोना भाइरस महामारी विरुद्धको लडाई जित्ने अभियानमा खट्न निर्देशन दिएका छन् । राष्ट्रपति सीले यो जिम्मेवारीलाई मन मस्तिस्कमा राखेर अभियानमा होमिन समेत निर्देशन दिएका छन् । बुधबार राष्ट्रपति सीले जनमुक्ति सेनालाई उक्त निर्देशन दिएका हुन् ।
उनले नोबल कोरोना भाइरसका कारण निमोनियाको प्रकोप बढेको र त्यसलाई रोक्न र नियन्त्रण गर्न चिनियाँ सेना मजबुत रहेका समेत बताएका छन् । सी, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् ।
केही हप्ता अघिदेखि चीनमा कोरोना भाइरसको महामारी फैलिएको छ । चीनबाट फैलिएको सो महामारी अहिले विश्वको थुप्रै देशहरुमा समेत देखिन थालेको छ । चीन अहिले उक्त महामारीलाई नियन्त्रण गर्ने अभियानमा खटिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा