शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले वुहानमा रहेका ३२४ भारतीयलाई विशेष विमानबाट फिर्ता ल्यायो

शनिबार, १८ माघ २०७६, १० : १०
शनिबार, १८ माघ २०७६

कोरोनाभाइरस संक्रमणले गम्भिर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका भारतीयलाई देश फिर्ता गरेको छ । 

३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्ली पुग्यो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।

विमान शुक्रबार राती वुहानबाट उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ । 

यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो । 

मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ ।  
उता, चीनमा कोरोनाभाइरसको कारण मर्नेको संख्या २५९ पुगिसेको छ भने झण्डै १२ हजार मानिस भाइरस संक्रमित भएका छन् । 

शुक्रबार विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको विस्तारलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा ग¥यो । कोरोना भाइरस अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ । 

तथापि कोरोना भाइरसबाट मर्ने मानिस चीनभित्रका मात्र छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप