शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्रीको प्रश्न : गुणस्तरीय पूर्वाधार निर्माणमा के कुराले गाह्रो भयो ?

बुधबार, २९ माघ २०७६, १९ : २८
बुधबार, २९ माघ २०७६

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी ‘नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा नहुने बताएका छन् । सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सडक ढलान गरेर पिच गर्ने प्रविधिको उपयुक्तता’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

अहिले सडक निर्माण गरेको १५ दिनमै भत्कने गरेको पाइएको बताउँदै उनले उपभोक्तहरु समेत यस्तो प्रकारणको पूर्वाधार निर्माणबाट आजित भइसकेको बताए । पूर्वाधार निर्माणाको गुणस्तर नहुँदा एक पक्षले अर्को पक्षलाई गाली गर्नुको सट्टा यो समस्यालाई समाधान गर्नेगरी सबैले एकजुट हुनुपर्ने उनले बताए ।

व्यवसायीहरुका लागि राज्यले केही गर्नुप¥यो भनेर मात्रै नहुने भन्दै उनले गर्नुपर्ने कामहरु के के हुन सूची लिएर आउनुपर्ने बताए । ‘गुणस्तरीय पूर्वाधार निर्माणमा के कुराले गाह्रो भयो ? सरकाले के गर्नुप¥यो ? यो कुरा धक नमानी प्रष्टसँग राख्नुपर्छ । ती आलोचना र सुझावहरुलाई सरकारले सकारात्मक रुपमा लिन्छ’, उनले भने । कर व्यवस्थापन, कच्चा पदार्थ, बजार व्यवस्थानका कुरामा सरकारलाई केही भन्नुपर्ने भए स्पष्ट तरिकाले राख्नुपर्ने उनले बताए ।


भौतिक पूर्वाार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङले अहिले स्थानीय तहहरुले ग्रामिण सडक निर्माणलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै यो प्रविधिको सदुपयोग हुनुपर्ने बताए । सडक कालोपत्रे गर्न ठूला उपकरण लैजान नसकिने, धेरै चौडाइका सडक निर्माण गर्न नसकिने स्थानहरुमा यो प्रविधि उपयुक्त हुने उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मोतिलाल दुगडले निर्यातका लागि बजार खोज्न सहयोग गर्ने र अन्य कुराहरुमा समेत सिमेन्ट उद्योगहरुलाई विशेष सहुलियत दिलाउने प्रतिवद्धता व्यक्त गरे । 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष इञ्जिनियर ध्रुव थापाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको बताए ।

भारतको भन्दा गुणस्तरिय सिमेन्ट उत्पादन समेत हुन थालेको उल्लेख गर्दै उनले विगत ३, ४ वर्षयताको तथ्याङ्क हेर्दा औषतमा ११० प्रतिशतले गुणस्तरिय उत्पादन र उद्योगको विकास भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप