शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले दम्भको राजनीति गरे लोकतन्त्र सङ्कटमा पर्छ:  डा.कोइराला

बिहीबार, ०८ फागुन २०७६, १३ : ००
बिहीबार, ०८ फागुन २०७६

उदयपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी  चौधौँ महाधिवेशनले  केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए ।

काँग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा.कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिएका थिए ।  उनले भने, ‘सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ ।’

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पु¥याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए । काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप