मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘१७ वर्षको वैवाहिक सम्बन्ध तोड्न निकै मुश्किल भएको थियो’

शुक्रबार, ०९ फागुन २०७६, ०९ : १७
शुक्रबार, ०९ फागुन २०७६

एजेन्सी : बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोरा र अरबाज खानको सम्बन्धविच्छेद भएको लामो समय भइसकेको छ । दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेद गरेका थिए । तर दुवैले १७ वर्षको लामो वैवाहिक सम्बन्ध किन तोडेका थिए भन्ने धेरैलाई चासोको विषय हो । 

सम्बन्धविच्छेद भएको लामो समयपछि पुनः एकपटक मलाइकाले त्यसको कारण खुलाइन् । उनले करीना कपूर खानको च्याट शोमा अरबाजसँग सम्बन्ध बिग्रिएको र सहमतिमै सम्बन्धविच्छेद गरेको बताइन् । 

उनले दुवैलाई विस्तारै वैवाहिक जीवन अप्ठ्यारो परिस्थितीमा पुगेको भन्ने लागेपछि सम्बन्धविच्छेद गरेको खुलाउँदै उनले भनिन्, ‘हामी दुवै विवाहबाट खुशी थिएनौँ । जसको असर पुरैपरिवारमा पर्न थालेको थियो । अहिले पनि महिलालाई सम्बन्धविच्छेद गर्न निकै मुश्किल कुरा हो । तर सबैभन्दा ठूलो कुरा आफ्नो खुशी निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी दुवैले सम्बन्धविच्छेद गर्ने फैसला लियौँ ।’

छोराछोरीका कारण अझै अरबाजसँग भेटघाट हुने गरेको भए पनि कुनै सम्बन्ध बाँकी नरहेको पनि उनले उल्लेख गरिन् । 

मलाइका यतिबेला अर्जुन कपूरसँग सम्बन्धमा छिन् भने अरबाज विदेशी प्रेमिका जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप