नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ
बुधबार, २६ वैशाख २०८१, १६ : ४२
काठमाडौँ । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवक छन् ।
निजी विद्यालयका शिक्षक समेत रहेका उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको फेसबुकबाट फोटो डाउनलोड गरेर उनले नक्कली आइडी बनाएर अश्लील कमेन्ट लेखेर चरित्रहत्या गरेका हुन् ।
आरोपीबिरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
-
राष्ट्रियसभामा ६ विधेयक टेबुल
-
अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण