आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

बुधबार, २६ वैशाख २०८१, १६ : ४२
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवक छन् । 

निजी विद्यालयका शिक्षक समेत रहेका उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको फेसबुकबाट फोटो डाउनलोड गरेर उनले नक्कली आइडी बनाएर अश्लील कमेन्ट लेखेर चरित्रहत्या गरेका हुन् ।

आरोपीबिरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप