आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दाँतको उपचार गराउन प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा (तस्बिरहरु)

बुधबार, २६ वैशाख २०८१, १६ : २४
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल पुगेको सचिवालयले जनाएको छ । 

‘आज बिहानदेखि दात दुखिरहेपछि वीर अस्पतालमा उपचारका लागि आउनु भएको हो’, प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । 

आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनी अस्पताल पुगेका हुन् । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप