शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा जापान सागरतर्फ कम्तिमा तीन मिसाइल प्रहार

सोमबार, २६ फागुन २०७६, १० : ०९
सोमबार, २६ फागुन २०७६

एजेन्सी । उत्तर कोरियाले सोमबार कम्तिमा तीन अज्ञात प्रोजेक्टाइल(मिसाइल) प्रक्षेपण गरेको छ । अमेरिकी र दक्षिण कोरियाली अधिकारीले प्रक्षेपणको जानकारी दिएका हुन् ।

‘हाम्रो सेनाले सोमबार विहान उत्तर कोरयिाको ह्यामगियोङ प्रान्तछेउमा रहेको सोन्दोक सागरबाट इस्ट सीतर्फ(पूर्वी सागर)तर्फ तीन अज्ञात प्रोजेक्टाइल प्रहार गरेको पहिचान गरेको छ,’ दक्षिण कोरियाका रक्षामन्त्रीले पत्रकारलाई पठाएको सन्देशमा लेखिएको छ ।

‘हाम्रो सेनाले अहिले सम्भावित थप प्रक्षेपणमाथि निगरानी गरिराखेको छ र आवश्यक तयारी पनि सुरु गरेको छ ।’ सन्देशमा भनिएको छ ।

इस्ट सीलाई सी अफ जापान पनि भनिन्छ । अमेरिकी अधिकारीले भने उत्तर कोरियाले चार वटा अज्ञात मिसाइल प्रहार गरेको सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।

अघिल्लो हप्ता उत्तर कोरियाले दुई अज्ञात प्रोजेक्टाइल प्रहार भएको थियो । त्यो समय प्रोजेक्टाइल ओनसान नजिकको तटीय सहरबाट कोरियाली प्रायद्वीप र जापानबीचमा प्रहार भएको थियो ।

यी मिलाइलहरु उत्तर कोरियाको शीतकालिन सैन्य अभ्यासको हिस्सा हुनसक्ने जोइन्ट चिफ अफ स्टाफले बताए ।

अघिल्लो वर्ष, उत्तर कोरियाले १३ पटक मिसाइल प्रक्षेपण गरेको थियो । अमेरिकासँगको आणविक निःशस्त्रीकरण वार्ता रोकिएको समयमा उत्तर कोरियाली कदमले धेरै त वार्ता टुट्ने चिन्ता व्यक्त गरेका थिए ।

यस पटकको नयाँ वर्षको सन्देशमा प्योङयाङले भावि दिनमा ‘नयाँ रणनीतिक हतियार’ प्रदर्शन गर्ने चेतावनी दिएको थियो ।

विज्ञले ‘नयाँ रणनीतिक हतियार’मा परिस्कृत अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल वा पनडुब्बीबाट प्रहार गरिने ब्यालेष्टिक मिसाइल पर्न सक्ने बताएका छन् ।

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप