केन्द्रीय संस्करण

आहा ! स्वर्गको टुक्रा स्वेरक मैदान

person explore access_timeफागुन २७, २०७६ chat_bubble_outline0

हावाको वेग आफ्नै गतिमा । बाँस र सल्लाको पातको सुस्केरा हावाको गतिसँगै । लाग्छ, सुस्केरालाई कसलाई सुसाइरहेछ । गिज्याइरहेछ, बोलाइरहेछ जबरजस्त । 

समुन्द्री सतहबाट १६ सय मिटर (करिब) को टापु भीरकोट–५ । आहा ! स्वर्गको टुक्रा स्वरेक मैदान । त्यो टापुमा पनि मैदान ! हो, स्वरेक महापुर–मैदान । अन्नपूर्ण हिमश्रृङ्खलाका मनारेम दृश्य, आँधीखोला नागवेली चालमा बगेको लगायतका दृश्यहरु देखिन्छन् । ३ सय ६० डिग्री कोणबाट मैदान हजारौं दृश्यवलोकन गर्न सकिन्छ । मैदानमा पुग्दा स्वर्गको अनुभूति नगर्ने विरलै होलान् । 

सयौं रोपनीको गौचरन, गाई, गोरु, भैसी लगायत आहाल बस्ने पोखरीको महत्व बिल्कुल फरक छ । परिचय र पहिचान फेरिएको छ । सिक्किम, दार्जिलिङ, कालिङपुङसँग दाँज्न थालिएको छ । नेपालको सिक्किम, दार्जिलिङ र कालिङपुङ भनेर स्वरेक मैदानलाई चिनिन्छ । 

हजारौं रोपनी जग्गा (व्यक्तिगत र सरकारी) छोइनसक्नु भयो । मनाङ, मुस्ताङ, काठमाडौं (बजारीय) भन्दा भाउ कम छैन । पहाडको टापुको बाँस, सल्लो, धूपी, पैयुँ, कटुस, चिलाउनेको भाउ ह्वात्तै बढेको छ । हिजो काठ–दाउरा । आज जडीबुटी । हीरा र मोतिको भाउमा जडीबुटी किनबेच हुन्छ । 

स्वीस् नागरिक डेभिड आरोफट् र हार्भे सेरुटी सन् २००२ फेभु्रअरीमा सिरकोट–स्वरेकमा पहिलो पटक प्याराग्लाईडिङ उडाए । जुन दिन स्याङ्जेलीका लागि स्वर्णिम दिन कहलिए । स्वरेकेलीको घैंटोमा घाम लाग्यो । अर्थात, भाग्यको दिन सुरु भयो । दुईजना विदेशी नागरिकले सिरकोट टापुबाट पहिलो पटक उडान भरे । प्याराग्लाईडिङको भविष्य निधो गरे । स्याङ्जालाई देशविदेशमा प्याराग्लाईडिङ गन्तव्य सिरकोट–स्वरेक भनी प्रचार–प्रसारमा श्रीगणेश गरे । 

स्वीस् नागरिकद्वयले देखेको ठूलो महत्वाकांक्षी सपनालाई पुरा गर्न पूर्वेली हिरो आए । साहसिक खेलाडी सानोबाबु सुनुवार । उनी स्याङ्जेलीका लागि कोहीनुर हुन् । डेभिड र सेरुटीले देखेको सपना सानोबाबुले पुरा गरेरै छाडे । स्वरेकको डाँडाकाँडा, ढुङ्गा, माटो, जलजंगललाई हीरा र मोतीको तुलनामा पु¥याए । 

सानोबाबु सुनुवार हवाई तथा साहसिक खेलक्षेत्रमा नौलो नाम होइन । रसिया अलबु्रस हिमाल, साउथ अफ्रिकाको किलमन्जरो, नेपाल सगरमाथा, मुस्ताङ लगायत दर्जनौं हिमालबाट प्याराग्लाईडिङ भर्ने पहिलो व्यक्ति हुन् । नेपालको अप्पर मोदीखोला, अन्नपूर्ण बेसक्याम्प, मस्र्याङ्दी लगायत विभिन्न ३२ भन्दा नदीहरु सबैभन्दा पहिला ¥याफ्टिङ र कयाकिङ् गर्ने व्यक्ति हुन्, सानोबाबु । बलेछी झरना (सिन्धुपलाञ्चोक), तीखेढुङ्गा           (पर्वत), घाचोक (कास्की), जलबिरे (चितवन) लगायतका दर्जनौं झरनामा पहिलो छाँगारोहण (कयाकिङ्) गर्ने व्यक्ति समेत हुन्, उनी ।

देश–विदेश घुमिसकेका सानोबाबु स्वरेकलाई स्वर्गको टुक्राको रुपमा परिभाषित गर्छन् । अन्य (देश–विदेश) भन्दा स्वरेकलाई हेर्ने उनको दृष्टिकोण, गर्ने माया, बहन गर्ने दायित्व अनि बोक्ने अभिभारा फरक छन् । त्यसैले उनले स्वरेकलाई कर्मथलो बनाएका हन् । स्वरेकलाई संसारकै उत्कृष्ट गन्तव्य बनाउन अहोरात्र खटिन्छन् । आफ्नो अन्तिम सास स्वरेकी भूमिमा फाल्न चाहन्छन् । 

बाबु एड्भेन्चर स्कुलका सञ्चालक समेत हुन्, सुनुवार । यसको स्थापना सन् २०१६ मा भएको हो । यो दक्षिण एसियाकै पहिलो स्कुल हो । यस भन्दा पहिला सन् २०१० बाबु एड्भेन्चर नामक संस्था दर्ता गरेको थियो ।स्कूलमा आधारभूत प्रशिक्षण देखि सबैखाले प्रशिक्षण हुन्छ । स्कुलबाट सयौं संख्यामा विद्यार्थी (देश–विदेश) उत्पादन भैसकेका छन् । सानोबाबुले स्वरेकमा लिन होइन, दिन आएका हुन् भन्ने प्रशस्त उदाहरणहरु छन् । 

उनका अनुसार प्याराग्लाइडिङ्का लागि स्वरेक मैदान विश्कै उत्कृष्ट ठाउँ हो । ‘क्रसकन्ट्री’ र ‘एक्यूरेसी’ दुवैमा स्वरेक मैदान उपयुक्त छ । नेपालमा दुई दशकपछि बल्ल प्याराग्लाईडिङको महत्व बढ्दै गएको उनी खुशी व्यक्त गर्छन् । 

सुरुवाति दिनमा स्वरेक मैदान प्याराग्लाईडिङ उडान भर्दा आफूलाई नकारात्मक दृष्टिकोणले हेर्नेहरुका लागि अहिले बल्ल आँखा खुलेको उनी बताउँछन् । उनी भन्छन्, ‘स्वरेक मेरो सपना र भविष्य हो । स्वरेकबाट लिन भन्दा दिन आतुर छौं ।’ स्याङजामा दर्जनौं अग्ला डाँडाहरुमा प्याराग्लाइडिङको सम्भावना भएको उनी बताउँछन् । 

विश्वमै हवाई खेलका पिता भनेर चिनाउने लयमा छन्, सानोबाबु । सरल, मृदूभाषी, स्पष्टवक्ता उनी आफूले देखेको सपना पुरा गरेरै छाड्ने वाचा गर्छन् । संसारा असम्भव केही कुराको छैन भन्ने भनाईप्रति उनको गहिरो विश्वास रहेको पाइन्छ । 

अन्तर्राष्ट्रिय सन् (२०१७) र वल्र्डकप (२०१८) प्याराग्लाईडिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्नले हवाई खेलकुद नेपालको नाम विश्वमै स्वर्णिम अक्षरले लेखिसकेको दावी गर्छन्, बाबु एडभेन्चर क्लबका कृष्णजंग केसी । स्वरेक मैदानबाट टेक अफ लिएर (उडाएर) आँधीखोला किनार ल्याण्ड (झर्नु) हुनुको मज्जा बेग्लै पाउने उनको दावी छ । 

हवाई पर्यटनको रुपमा गाउँलाई समृद्द बनाउन स्थानीय युवाहरु लागेका छन् । घरघरमा घरबास (होमस्टे) सुरु गरेका छन् । स्थानीय अगुवा लोक बहादुर थापा भन्छन्, ‘गाउँ बिकासको मुख्य आधार पर्यटन हो । मुलुकको समृद्दका लागि पर्यटनको विकल्प छैन ।’ सानोबाबुको सपनालाई साथ र निरन्तरताको लागि आफूहरु लागेको उनी बताउँछन् । 

‘भौगोलिक बनावट, हावापानी, सुरक्षा लगायत विभिन्न पक्षले धानी जिल्ला हो स्याङजा । पर्यटनको अथाह सम्भावना छ’,  जिल्ला पर्यटन समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले भने, ‘स्याङजाको बृहत्तर हित र विकास पर्यटनले मात्र सम्भव छ ।’

स्वरेकको आकाशमा लोपोन्मुख गिद्द (इजिप्सियन विशेषगरी) प्रशस्तै पाइन्छ । पर्यावरण्ीय सिद्दान्त अनुसार गिद्द बसेको ठाँउ वरपर मानव वस्तीका लागि अति उपयुक्त मान्छि । स्वरेकमा गिद्दले हावाको मापन गर्छ । गिद्दले आकाशमा उडान भर्दा प्याराग्लाईडिङ पाइलटहरु पनि उडान भर्छन् । त्यहाँबाट स्याङ्जा, पाल्पा, पर्वत, बाग्लुङ, गुल्मी र अर्घाखाँचीको आकाश सम्म उडान भर्ने गर्छन् । यहाँका जनप्रनिधि, नागरिक अगुवा, सामाजिक अभियन्ता लगायतले स्वरेकलाई विश्वकै हवाई पर्यटन राजधानी बनाउने अभियानमा जुटेका छन् । आँधीखोला भ्यालीलाई एभिएसन जोन (हवाई रंगशाला) का रुपमा निर्माण गरिसकेका छन् । हवाई रंगशाला प्लाइङ् जोन काटिसकेको छ ।

यसको मन्त्री परिषदको बैठकबाट समेत पारित भैसकेको छ । टेक अफ, ल्याण्डिङ र फ्लाइङको दृष्टिकोणबाट आँधीखोला हवाई रंगशाला अत्यन्तै उत्कृष्ट मानिन्छ । पोखरामा प्याराग्लाईडिङको विकल्प रुपमा स्वरेक मैदानलाई हेर्न थालेको छ । यसैले संघिय, प्रदेश र स्थानीय सरकारले स्वरेक मैदानको संरक्षण, सम्बर्धन र पूर्वाधार विकासमा विशेष चासो देखाएको छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.