शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपा लिगमा युनाइटेडको गोलबर्षा

शुक्रबार, ३० फागुन २०७६, ०८ : ५२
शुक्रबार, ३० फागुन २०७६

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा अष्ट्रियन क्लब लास्कमाथि गोलबर्षा गरेको छ । बिहिबार राति भएको खेलमा युनाइटेडले लास्कलाई उसैको मैदानमा ५–० गोलले हरायो ।

युनाइटेडको जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । २८औं मिनेटमा ओडिन इघलोले गोल गदै युनाइटेडलाई अग्रता दिलाए । ५८औं मिनेटमा ड्यानियल जेम्सले अग्रता दोब्बर बनाए । ८२औं मिनेटमा हुवान माटाले तेस्रो गोल गरे । इन्जुरी समयमा मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गर्दै युनाइटेडलाई सानदार जित दिलाए । जितसँगै युनाइटेडले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यसैगरी अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले जर्मन क्लब वल्फवर्गलाई २–१ गोलले हराएको छ । साख्तरको जितमा जुनियर मोराइसले १७औं र मार्काेस बाहियाले ७३औं मिनेटमा गोल गरे । घरेलु टोलीका वल्फका लागि जोन एन्थोनी ब्रुक्सले ४८औं मिनेटमा एक गोल फर्काएका थिए ।

अन्य खेलमा बसेलले फ्रान्कफर्टलाई ३–०, इस्तानबुलले एफसी कोपेनहेवनलाई १–० र लिभरकुसेनले रेन्जर्सलाई ३–१ गेलले हरायो । ओलम्पियाकोस र वल्भ्स १–१ गोलको बराबरीमा रोकिए । इन्टर मिलान र गेटाफे तथा सेभिया र एस रोमाबीचको खेल कोरोना भाइरसका कारण  कारण स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप