शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरको अपिलः समस्या पर्यो ? तुरुन्त यो नम्बरमा सम्पर्क गर्नुहोस् (सम्पर्क नम्बर सहित)

मङ्गलबार, ११ चैत २०७६, १२ : ४९
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोनाभइरस (कोभिड–१९)को महामारीको जोखिमबाट बच्न नगरवासीलाई घरभित्रै बस्न र केही समस्या आइपरेमा जनप्रतिनिधिलाई सम्पर्क गर्न अपिल गरेको छ । जनप्रतिनिधिहरुको नाम र नम्बरसहित विज्ञप्ती जारी गर्दै महानगरपालिका का मेयर विद्यासुन्दर शाक्यले यस्तो अपिल गरेका हुन् ।

मेयर शाक्यले सम्भावित महामारीका विरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने यस अवस्थामा नगरवासीलाई आइपर्न सक्ने कुनै पनि समस्या र अप्ठ्यारोमा सहयोग गर्न काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीवर्गलाई सतर्क अवस्थामा रहिरहन पनि निर्देशन दिएका छन् ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको महानगरपालिकाले जनाएको छ । त्यसैगरी, काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाएको छ । 

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निमूल गर्न चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशन स्वागतयोग्य भएको महानगरले बताएको छ ।
 
कोरोनाभाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिन पनि महानगरले अपिल गरेको छ । आफू, आफ्ना परिवार र आफ्ना टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको र सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन सम्बद्ध व्यवसायीहरूलाई समेत महानगरले अनुरोध गरेको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सकिनेछ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप