शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहीबार, १३ चैत २०७६, १२ : ३१
बिहीबार, १३ चैत २०७६

ललितपुर ।१८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी रहेको प्रहरीले जनाएको छ । 

ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका-९ लामाटारचोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको  सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप