महामारी फैलिए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने
मङ्गलबार, १८ चैत २०७६, १६ : २३
सरकारले कोरोना(कोभिड १९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाइ सुविधासम्पन्न अस्पतालमा राख्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाइ उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिए ।
‘हामीले उपचारमा संलग्न हुने सबैलाइ अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौ’ उनले भने ‘भोलि यदि महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरिरहेका छौ ।’
सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकहरुको निःशुल्क विमा, थप भत्ता लगायतका सुविधा दिने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु