शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगंजमा कोरोना उपचार केन्द्र स्थापना गर्न मुख्यमन्त्रीसमक्ष माग

मङ्गलबार, २५ चैत २०७६, ११ : ०६
मङ्गलबार, २५ चैत २०७६

जनकपुर - कोरोनाभाइरसको संक्रमण परीक्षण तथा उपचारका लागि वीरगंजमा उपचार केन्द्र स्थापनाका लागि माग गरिएको छ ।

पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय र आकस्मिक विभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा. उदयनारायण सिंह लगायतको टोलीले वीरगंजमा उपचार केन्द्र स्थापना गर्न प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको ध्यानाकर्षण गराएको हो ।

वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना रोगको परीक्षण, पिसिआर ल्याब, स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई लगायतका सामग्री तथा छुट्टै कोभिड अस्पताल संचालन गर्न मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएको हो ।

सोही क्रममा मुख्यमन्त्री राउतले छिट्टै नै वीरगंजमा उपचार केन्द्र निर्माणको कार्य अघि बढाउने बताएको उक्त टोलीका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार मुख्यमन्त्री राउतले जनकपुर तथा वीरगंजमा गरी दुई ठाउँमा पिसिआर मेसिनसहितको परीक्षण ल्याब तथा रोगको उपचार केन्द्र संचालन गर्ने तयारी भइरहेका जानकारी दिएका थिए ।

वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महानगरको आवश्यकताको बारेमा आफुहरुले मुख्यमन्त्री तथा प्रदेश सरकारका सम्वन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप