किन उठ्यो विश्व स्वास्थ्य संगठनका महानिर्देशकको राजीनामाको प्रसंग ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार जोन बोल्टनले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अडहानम घेब्रेयससको राजीनमा मागेका छन् । सल्लाहकार बोल्टनले चीनसँग मिलेर कोरोनो भाइरसबारेको सूचना लुकाएको आरोप लगाउँदै डा. टेड्रोसको राजीनामा मागेका हुन् ।
सोमबार ट्वीट गर्दै बोल्टनले विश्व स्वास्थ्य संगठनका महानिर्देशकले चीनको कम्युनिष्ट शासनप्रति आँखा चिम्लेर समर्थन गरी विश्वलाई गुमराहमा राख्न खोजेको आरोप लगाएका छन् । उनले चीनको अभियानमा विश्व स्वास्थ्य संगठनको समेत मिलेमतो रहेको आरोप लगाउँदै भनेका छन्, ‘त्यसैले मार्को रुबियो र ट्रेज क्रुजको डब्लुएचओका महासचिवले तत्काल राजीनामा दिनुपर्छ भन्ने मागलाई म समर्थन गर्छु ।’ मार्को रुबियो र क्रुज दुवै अमेरिकी सिनेटर हुन् ।
उनीहरु दुबैजना रिपब्लिकन पार्टीसँग सम्बन्धित छन् । उनीहरु दुबै जनाले पछिल्लो समय विश्व स्वास्थ्य संगठनको नेतृत्व र उसले चालेका कदममाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । टेड क्रूजले विश्व स्वास्थ्य संगठनले चीनको कम्युनिष्ट पार्टीसँग मिलेर विश्वसनियता गुमाएको आरोप लगाउँदै त्यसको नेतृत्वको तत्काल समीक्षा गर्नुपर्ने माग गर्दै आएका छन् । अमेरिकामा विश्व स्वास्थ्य संगठनको नेतृत्वमाथि नै किन प्रश्न उठ्न सुरु भयो भन्ने विषयमा अहिले नै विश्वश्नीय तथ्य बाहिर आइसकेको छैन । कोराना भाइरसको संक्रमणका कारण विश्वभर ८० हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने १४ लाखभन्दा बढी संक्रमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा