दक्षिण अफ्रिकामा लकडाउन दुई साता लम्बियो
प्रिटोरिया । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गरेका छन् । यसअघि गत मार्च २७ मा शुरु भएको लकडाउन २१ दिनका लागि तय गरिएको थियो । अफ्रिकाका कुनै मुलुकमा जारी गरिएको यो सबैभन्दा कडा व्यवस्था रहेको बताइएको छ ।
अल जजिरा टेलिभिजनका अनुसार उपलब्ध प्रमाणमाथि विचार गरी राष्ट्रिय कोरोनाभाइरस कमान्ड परिषदले २१ दिनको अलावा थप दुई साता लकडाउन गर्न सिफारिस गरेको थियो । राष्ट्रपति रामाफोसाले अब अप्रिलको अन्त्यसम्म मुलुकमा लकडाउन जारी रहने बताए ।
उनले लकडाउनको पालना राम्रोसँग भइरहेको पनि दाबी गरे । ‘लकडाउन शुरु भएयता नयाँ कोरोना संक्रमित भेटिने दरमा व्यापक रुपमा कमी आएको छ । मार्चमा एक हजार १७० जनामा कोरोना देखिएकामा अहिले कोरोना संक्रमित पुष्टी भइसकेका व्यक्तिको संख्या एक हजार ९३४ रहेको छ । लकडाउन हुनुभन्दा दुई साताअघि नयाँ बिरामी भेटिने औसत दर ४२ प्रतिशत थियो । लकडाउन शुरु भएपछि भने औसत बृद्धिदर ४ प्रतिशत रहेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा