शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के साँच्चै नै पानी पिउँदा र कुल्ला गर्दा कोरोनाबाट बच्न सकिन्छ ?

मङ्गलबार, ०२ वैशाख २०७७, ०९ : ४६
मङ्गलबार, ०२ वैशाख २०७७

सामाजिक सञ्जालमा एउटा मेसेज निक्कै भाइरल हुने गरेको छ:  नियमित रुपमा मनतातो पानी पिउने गर्यो र मुख सुख्खा राखेन भने कोरोना भाइरसबाट बच्न सकिन्छ । त्यसै गरी, बेला बेलामा नून पानी वा भिनेगर पानीले कुल्ला गर्ने तथा गारगल गर्ने गर्यो भने पनि भाइरसले सताउँदैन । चिनियाँ भाषा र नेपाली भाषामा समेत लेखेर सामाजिक सञ्जाल तथा केही अनलाइनहरुमा प्रकाशित भइरहेको त्यो मेसेज पढ्दा साँच्चै नै हो कि जस्तो लाग्ने गर्छ ।

सबैलाई थाहा भएको कुरा हो, कोरोनाभाइरसले प्रारम्भिक चरणमा मानिसको नाक र घाटीमा सबैभन्दा बढी संक्रमण गर्छ । संक्रमणको चार पाँच दिनसम्म कोरोनाभाइरस हाम्रो नाक तथा घाँटीमा बसेको हुन्छ र त्यहाँ त्यो विस्तारित भइरहेको हुन्छ । घाँटीमा भएको त्यो भाइरस नै हाम्रो सास नली हुँदै फोक्सोमा गएर संक्रमित गर्ने, त्यसले फोक्सो ध्वस्त बनाइदिने र अन्तत मानिसको ज्यान लिने समेत गर्छ ।

तर प्रचार गरिएजस्तो मनतातो पानी पिउँदैमा, मुख भिजाइराख्दैमा, नून पानीले कुल्ला वा गारगल गर्दैमा त्यसले हामीलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन सक्दैन ।

कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि विश्व स्वास्थ्य संगठन र विश्वका अन्य स्वास्थ्य निकायहरुले सिफारिश गरेका प्रोटोकलहरुमा पानी पिउँदैमा र कुल्ला गर्दैमा कोभिड–१९ बाट बच्न सकिने कतै उल्लेख गरिएका छैनन् । पानी पिउँदैमा मानिसलाई कोभिड–१९ बाट सुरक्षा प्राप्त हुन्छ भन्ने कुरा एकदमै अपत्यारिलो छ । यो भनाइले मानिसलाई प्रत्येक १५ मिनेटमा पानी पिएर आफ्नो मुख र घाँटी सधैं ओसिलो बनाउन सल्लाह दिन्छ ।

यो मान्यताले के तर्क दिन्छ भने त्यसरी पानी पिउने गर्दा हाम्रो घाँटीमा भएको कोरोनाभाइरसहरु पखालिएर भोजननली हुँदै आमाशयमा पुग्ने गर्छ, जहाँ खाना पचाउने एसिडका कारण ती भाइरसहरु नष्ट भएर जान्छन् ।

यो मान्यताले के तर्क दिन्छ भने त्यसरी पानी पिउने गर्दा हाम्रो घाँटीमा भएको कोरोनाभाइरसहरु पखालिएर भोजननली हुँदै आमाशयमा पुग्ने गर्छ, जहाँ खाना पचाउने एसिडका कारण ती भाइरसहरु नष्ट भएर जान्छन् ।


स्वास्थ्यविज्ञहरुका अनुसार हामी भाइरसको संक्रमणमा परिसकेको केही समयपछि मात्रै त्यसको लक्षणहरु देखापर्ने गर्छन् । त्यो लक्षण देखापर्दा लाखौं भाइरसहरु उत्पादन भइसकेका हुन्छन् । यो स्थितिमा भाइरसका केही कणहरु मात्रै पखालेर भोजननली हुँदै आमाशयमा पठाउँदैमा हामी त्यसबाट सुरक्षित भइहाल्छौं भन्ने कुरा पत्यारिलो छैन । फेरि त्यो भाइरस घाँटीमा पानीले पखालिने गरेर मात्रै जम्मा भएको हुँदैन, त्यो त नाकतिर आएर पनि बसेको हुन सक्छ । त्यो भाइरसले पहिल्यै हाम्रो सासनलीतिर छिरिसकेको छैन भनेर अनुमान नै गर्ने हो भने पनि कोरोनाभाइरसका कणहर अरु बाटोबाट पनि शरीरमा प्रवेश गर्न सक्छ । केही मानिसहरु आफ्नो हात वा औंलाहरुले मुख छोएर पनि संक्रमित बन्न सक्छ । त्यसैगरी, केही मानिसहरु आफ्ना नाक वा आँखा छोएर पनि संक्रमित हुन सक्छन् ।

यसअघि गरिएका अध्ययनहरुमा मेर्सका विषाणुहरु आमाशयको एसिडमा पनि बाँच्न सकेको पाइएको थियो । यहाँ बुझ्नुपर्ने कुरा के हो भने मेर्सको कोरोनाभाइरस र अहिलेको कोभिड–१९ को कोरोनाभाइरस एउटै परिवारका भाइरस हुन् ।


यसअघि गरिएका अध्ययनहरुमा मेर्सका विषाणुहरु आमाशयको एसिडमा पनि बाँच्न सकेको पाइएको थियो । यहाँ बुझ्नुपर्ने कुरा के हो भने मेर्सको कोरोनाभाइरस र अहिलेको कोभिड–१९ को कोरोनाभाइरस एउटै परिवारका भाइरस हुन् । यो भाइरसले रोगीको आन्द्रामा तथा आन्द्राका कोषहरुमा पनि आफूलाई बचाउन तथा संख्या बृद्धि गर्न सकेको पाइएको थियो ।

कोभिड–१९ गराउने नयाँ कोरोनाभाइरस नितान्त नयाँ भाइरस हो र यो देखापरेको तीन चार महिना मात्रै हुँदैछ । यो भाइरस मेर्सको कोरोनाभाइरसजस्तै त्यसरी मानिसको आन्द्रामा वा आन्द्राका कोषहरुमा बाँच्न सक्छ कि सक्दैन भन्ने कुरा अझै प्रमाणित भइसकेको छैन । तर कोभिड–१९ को कोरोनाभाइरसले संक्रमण गरेका केही विरामीहरुमा उल्टी र पखाला समेतको लक्षण देखापरेका रिपोर्टहरु छन् । चीनका केही विशेषज्ञहरुले त कोभिड–१९ का भाइरसले हाम्रो पाचन नलीमा पनि संक्रमण गर्न सक्ने बताएका छन् ।

एक रिपोर्टअनुसार ५० प्रतिशतभन्दा बढी कोभिड–१९ लागेको मानिसहरुको दिसामा नोबेल कोरोनाभाइरस हुन सक्छ ।संक्रमितको फोक्सो भाइरसबाट मुक्त भइसकेको स्थितिमा पनि नोबेल कोरोनाभाइरस निको भनिएका रोगीहरुको दिसामा पाइएका रिपोर्टहरु आएका छन् ।


एक रिपोर्टअनुसार ५० प्रतिशतभन्दा बढी कोभिड–१९ लागेको मानिसहरुको दिसामा नोबेल कोरोनाभाइरस हुन सक्छ ।संक्रमितको फोक्सो भाइरसबाट मुक्त भइसकेको स्थितिमा पनि नोबेल कोरोनाभाइरस निको भनिएका रोगीहरुको दिसामा पाइएका रिपोर्टहरु आएका छन् । तर यो नोबेल कोरोनाभाइरस देखापरेको समय धेरै नभएकोले त्यसका बारेमा विस्तृत अध्ययनहरु गरिनुपर्ने आवश्यकता विज्ञहरुले औंल्याएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा मेसेज यस्तो छ ः

स्रोत : हासेम अल घाइली को फेसबुक पेज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप