शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला

सोमबार, २९ वैशाख २०७७, ११ : ३२
सोमबार, २९ वैशाख २०७७

बर्दिवास – महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । 

आइतबार बिहान आफन्तको घर गएका गौशाला नगरपालिका–४ बिर्ताका ४५ वर्षीय दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । 

शव सोही दिन साँझ फेला परेको र  ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । 

हत्याराले टाउकोमा काठको चिरपट प्रहार गरेको हुनसक्ने  प्रहरीको अनुमान छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भईरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप