कोरोनाबाट मृत्यु भएकाको घरमा डेरा गरी बस्नेलाई संक्रमण देखियो
गुल्मी । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषको रिपोर्ट पाजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले जानकारी दिए ।
‘एक जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी गराइएको छ’, शर्माले भने, ‘त्यस गाउँबाट ३० जनाको स्वाब पठाइएको थियो । २५ जनाको हिजो नेगेटिभ आयो । ५ वटाको परीक्षण हुन बाँकी थियो । त्यसमध्ये परीक्षण गरिएका दुई जनामध्ये एक जनाको नेगटिभ र एक पोजेटिभ आएको जानकारी छ ।’ उनले अझै थप तीन जनाको नमुना परीक्षण हुन बाँकी रहेको पनि जानकारी दिए ।
कोरोनाबाट यसअघि संक्रमित भएका गुल्मीका ती शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे