शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियामा ९ चिकित्सकको हत्या

शुक्रबार, १६ जेठ २०७७, १२ : ४३
शुक्रबार, १६ जेठ २०७७

मोगादिशु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । 

स्थानीय सञ्चारमाध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।

सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ । 

इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप