सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २५ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित २५ पुगेका छन् । पिसिआर बिधिवाट ५ हजार ६८० जनाको स्वाब परीक्षण गर्दा यो प्रदेशमा कोभिड - १९ सक्रमित २५ पुगेका हुन् ।
आज धनगढी उप महानगरपालिका ४७ का १ जना पुरुष , कैलाली भजनी नगरपालिका २३ का १ जना पुरुष, जानकी गाउपालिकाका ३४ का १ जना पुरुष, बाजुरा बढिगंगा नगरपालिकाका २३ का १ जना महिला र २ वर्षीया बालिका गरी ५ जना कोभिड १९ का संक्रमित पुष्टि भएपछि प्रदेशमा सक्रमितको संख्या २५ पुगेको सामाजिक विकास मनत्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्री ले रातोपाटी लाई जानकारी दिए ।
यस अघि नै ५ जना संक्रमित भने निको भइगइसकेको उनले बताए । उनले अझै पिसिआर बिधिबाट जाच गरिएका ६१६ जनाको स्वाब परिक्षण्को नतिजा आउन बाँकी रहेको उनले बताए ।
त्यसै गरी आरडिटी विधिबाट परिक्षण गरिएका ४३ जनामा पोजिटिभ छ । उनीहरुको पिसिआर विधिवाट जाच भइरहेको र स्वाब नमुना को रिजल्ट आउन वाकी रहेको उनले बताए ।
आजै बाजुरा जिल्ला बढिगंगा नगरपालिका २ वर्षीया वालिकाको मृत्यु भएको छ । उनी कोभिड - १९ संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
३८१५९ जना पुरुष र ५५०३ जना महिला क्वारेन्टिनमा बसेको बताइएको छ । कोभिड- १९ को आशंकामा २७ जनको विभिन्न अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । हाल सम्म प्रदेशमा २२३०६ जनाको आरडिटी विधिबाट परिक्षण गरेको र २२१८२ जनाको नेगेटिभ आएको उनले बताए ।
त्यस अवधिमा १२४ जनाको रिजल्ट पोजिटिभ देखिएको उनले बताए । पिसिआर विधिबाट जाच गर्दा ८१ जनामा नेगेटिभ छ भने बाँकी ४३ जना पोजिटिभको पिसिआर विधिवाट जाच भइरहेको उनले बताए ।