शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ जिल्लाबाट जारी पास लकडाउनभर चल्ने

मङ्गलबार, २० जेठ २०७७, १४ : ५३
मङ्गलबार, २० जेठ २०७७

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौले उपत्यकाका लागि गत जेठ २ गते जारी गरेको निलो रंगको पास अव नवीकरण गर्नु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो । 

त्यस्तै काठमाडौ प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर अव भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।

 त्यस्तै सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप