वीरगन्जमा नेविसंघको प्रदर्शन
बिहीबार, २२ जेठ २०७७, १५ : २२
वीरगन्ज । वीरगन्जमा बिहीबार नेपाल विधार्थी संघले केन्द्रीय अर्थमन्त्री डा युवराज खतिवडा र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ ।
वीरगन्जको घण्टाघर चोकमा भेला भएका विधार्थी नेता कार्यकर्ताले अर्थमन्त्री पुत्ला जलाएका हुन् ।
त्यसपछि दुवै तहको सरकार र मन्त्री विरुद्ध नाराबाजी गर्दै आदर्शनगरमा पुगेका उनिहरुले कोणसभा पनि गरेका थिए ।
नेविसंघ पर्साका नेता विकास तिवारीले लकडाउन अवधिको सबै कर मिनाहा गर्नुपर्ने माग आफूहरुको माग रहेको उनले बताए ।
लकडाउनले महिनौदेखि व्यापार व्यवसाय ठप्प रहको बेला सरकारले राहतको प्याकेज दिनु पर्नेमा उल्टै करका लागि ताकेता गरेकाले विरोधमा प्रदर्शन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु