केन्द्रीय संस्करण

विवाहभन्दा पहिले नै गर्भवती भएका बलिउडका अभिनेत्री

person explore access_timeजेठ २६, २०७७ chat_bubble_outline0

एजेन्सी - बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् । र दुनियाँको अगाडि गर्भवती भएको र बच्चा जन्माएको कुरा खुलेर बताए । 

नताशा स्तानकोविक 
हार्दिक पाण्डेय र नताशा स्तानकोविक विवाह अगाडि नै बाबुआमा बन्न लागेका छन् । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेको समाचार बाहिरिएसँगै उनीहरुले आफूहरु बाबुआमा बन्न लागेको समेत खुलाएका हुन् । 

ब्रुना अब्दुला 
जोन अब्राहमसँग ‘चंद’ फिल्ममा अभिनय गरेकी अभिनेत्री ब्रुना अब्दुल्ला विवाह अगाडि नै आमा बनेकी हुन् । उनले गर्भवती भएको समयमा सामाजिक सञ्जालमा लगातार बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी थिइन् । 

कल्कि कोचलिन 
पछिल्लो समय ‘सेक्रेट गेम्स’ वेभ सीरीजमा देखिएकी कल्की कोचलिनले पनि विवाह अगाडि नै बच्चा जन्माएकी हुन् । उनले आमा बन्नुको अनुभव निकै उत्कृष्ट तरिकाले सामाजिक सञ्जालमा बताएकी थिइन् । 

गाब्रियला 
अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रियलाले अघिल्लो महिना १८ जुलाईमा बच्चा जन्माइन् । उनले अर्जुन रामपालसँग विवाह गरेकी छैनन् । 

एमी ज्याकसन
अभिनेत्री एमी ज्याकसनले पनि विवाहपूर्व आमा बन्ने अनुभव बटुलेकी थिइन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.