शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा जित्यो दुई अर्बको मुद्दा

मङ्गलबार, २७ जेठ २०७७, २० : १२
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको हो । बैंकले इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सिएमसी)को पर्फमेन्स ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले ग्यारेन्टी दिएको तर कम्पनीले भने अनुसार काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी (क्लेम) गरेको थियो र सोही बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरेको थियो ।

तर सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराएको र पुनः एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो ।

तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरेको हो । सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई पनि मुद्दा हालेको थियो । मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन ।

इन्भेष्टमेन्ट बैंकले मुद्दा जितेपछि अब बैंकले काउण्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १५ करोड रुपैयाँ) गरी करिब दुई अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप