ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?
नयाँ दिल्ली । फ्यानहरू गोविन्दालाई ठुलो पर्दामा हेर्न आतुर छन् । उनले आफ्ना कैयौँ फिल्ममा दर्शकलाई पेट मिचिमिची हँसाएका छन् । उनी चलचित्रबाट टाढा रहेको पाँच वर्षभन्दा बढी भइसकेको छ ।
दर्शकहरू उनको पुनरागमनको प्रतीक्षामा छन् । उनी पछिल्लो पटक २०१९ मा रिलिज भएको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए । यसैबिच, फिल्म निर्देशक तथा लेखक अनीस बज्मीले गोविन्दा ठुलो पर्दामा फर्किने कुरा गरेका छन् ।
अनीस र गोविन्दाले धेरै फिल्ममा सँगै काम गरिसकेका छन् । अनीस बज्मीले अभिनेता गोविन्दाका कयौँ फिल्मको कहानी लेखेका छन् ।
जसमा राजा बाबु, आँखे, दीवाना मस्ताना र शोला और शबनम आदि समावेश छन् । हालैको एक अन्तरवार्तामा अनीस बज्मीले गोविन्दाको कमिक टाइमिङको तारिफ गरेका थिए ।
अनीसले उनलाई उत्कृष्ट अभिनेता पनि बताए । गोविन्दासँग काम गर्न चाहने धेरै छन् । गोविन्दाको फिल्ममा फर्किने प्रश्नमा अनीस बज्मीले भनेका थिए गोविन्दासँग काम गर्न चाहने उनी एक्लो होइनन् ।
उनीसँग काम गर्न चाहने धेरै छन् । सँगै काम गर्ने मौका मिल्यो र उक्त फिल्ममा गोविन्दाले विशेष भूमिका खेल्नुपर्छ भन्ने लागेको दिन आफूले उनीसँग सम्पर्क गर्ने बताए ।
गोविन्दाको लागि केही राम्रा कथा लेखिएको र यसमा उनले काम गरे भने राम्रो हुने पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण