शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एशियाबाट दुईजना क्यान्सर पीडितले लिए ३० लाख घातक रोग बीमा दावी रकम

बुधबार, १० असार २०७७, १४ : २६
बुधबार, १० असार २०७७

काठमाडौं– एन आई सी एशिया बैंकले ल्याएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकका दुई जना ग्राहकहरूलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ । 

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्ने नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो । 

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ । 

बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गरिएको छ । यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार)सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ र सो सुविधाबाट प्राप्त हुने ग्राहकलाई फाइदा साच्चिकै चमत्कारिक रहेको छ । 

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहक महानुभावहरू माझ ल्याउदै आएको छ । 

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम रू.२० हजार देखि रू.१ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ । ग्राहकले यस खातामा प्राप्त रू.२१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब रू.१४ हजार बराबर बीमा शुल्क वापत थप बुझाउनु पर्ने हुन्छ । जसकारण ग्राहकलाई करिब रू.१४ हजार प्रत्यक्ष फाइदा पुग्छ । 

त्यस्तै कर्जा सम्बन्धीे चमत्कारिक सुविधाबाट रू.१ लाख १३ हजारसम्मको फाइदा लिन सकिनेछ भने नेपालभरका एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क आइभीआर सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत जम्मा सेवाको बजार मुल्य गणना गर्दा खातावालाले करिब रू.८७ हजार बराबरको फाइदा लिन सकिनेछ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू.१ करोड ३३ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस कारण बचत खाता केबल सामान्य बचत मात्र गर्ने भन्ने मानसिकतालाई चिर्दै यस बैंकले ल्याएको योजनाबाट केबल बचत मात्रै नभइ भविष्यमा आइपर्ने भवितव्यलाई समेत सामना गर्न आर्थिक सहयोग पुग्ने विश्वास सर्वसाधरणमा पलाएको छ । लाभग्राहीहरूले पाएको सुविधाको प्रत्याभुतिले बैंकसँगको मित्रता अझ प्रगाढ भएको बैंकले विश्वास लिएको छ ।

यस्ता योजनाहरूबाट नेपालमा बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधरणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको छ । साथै, बचत खातासँग आबद्ध भएको बीमा सुविधा उपभोग गर्न ‘पाइदैन की’ भन्ने आशंका भएका ग्राहक महानुभावहरूको लागि एन आई सी एशिया बैंकका विभिन्न खाताअन्तर्गत बीमा सुविधा लिनुहुने यी १६० जना भन्दा बढी जना ग्राहकहरूको अनुभाव उदहारणीय बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप