रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या
बुधबार, १७ असार २०७७, १८ : २५
बुटवल । रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् । केहि दिनअघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङ्गले जानकारी दिए ।
उनी दुवईबाट घर आई सार्वाजानिक क्यारेन्टाईन खाली नभएपछि असार १० गते देखि गाउँकै १ जनाको खाली घरको क्वारेन्टिनमा बसेका थिए । सोही घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए । सार्वजनिक क्वारेन्टिन खाली छैन भनेर उनलाई भनिएर एक्लो घरमा राखिए पनि भारतबाट आएकाहरुले उनलाई क्वारेन्टिनमा बस्न नदिएको जनाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु