शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीपछि प्रचण्डपनि राष्ट्रपति भेट्न शीतल निवास पुगे

बिहीबार, १८ असार २०७७, १४ : ४७
बिहीबार, १८ असार २०७७

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । 

बालुवाटारमा पार्टीको आन्तरिक छलफलबाट उठेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । 

बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेकोमा प्रचण्ड पनि छुट्टै भेट्न पुगेका हुन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप