शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतः दुलहा– दुलही र ६ आफन्त कोरोनाद्वारा संक्रमित, विवाहमा सरिक थिए सय बढी पाहुना

सोमबार, २२ असार २०७७, १२ : ५९
सोमबार, २२ असार २०७७

२९ जूनमा भारतको करनालस्थित पाँचतारे होटलमा विवाह भएको थियो जसमा सय बढी पाहुनाको उपस्थिती थियो । अब दुलहा–दुहलीको कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ भने परिवारका अन्य ६ जना सदस्य पनि कोरोनाद्वारा संक्रमित छन् । भारतीय सञ्चार माध्यमका अनुसार अझै केही आफन्तको कोरोना परीक्षण हुन बाँकी नै छ ।

स्रोतका अनुसार सुरुमा करनालको एक नीजि अस्पतालमा कोरोना संक्रमित बिरामी पुगे, त्यसपछि कर्मचारी र डाक्टरमा पनि कोरोना संक्रमण देखिएको छ । अब विवाहका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बताइएको छ । यो विवाहमा सरिक भएकाहरु र उनीहरुको सम्पर्कमा आएकाहरुमा पनि कोरोना संक्रमणको खतरा बढेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप