केन्द्रीय संस्करण

सुशान्त राजपूतपछि अर्का भारतीय कलाकारले पनि गरे आत्महत्या

person explore access_timeअसार २४, २०७७ chat_bubble_outline0

एजेन्सी । वर्ष २०२० भारतीय सिने उद्योगका लागि दुःखद् रह्यो । इरफान खान, ऋषि कपूर, सुशान्त राजपूतलगायतका सेलिब्रेटीहरुको मृत्यु भयो । ऋषि र इरफानले क्यान्सरसँग जुध्दाजुध्दै मृत्युवरण गरे भने सुशान्तले डिप्रेसनको शिकार भएपछि आत्महत्या रोजे । अब फेरि टेलिभिजन उद्योगबाट दुःखद खबर बाहिरिएको छ । कन्नड टिभी अभिनेता सुशील गौडाले पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको कारण खुलेको छैन । 

३० वर्षका सुशील आफ्नो गृहनगर कर्नाटकमा बस्थें । उनले रोमान्टिक सिरियल अन्तपुरामा काम गरेका थिए । प्राप्त जानकारीअनुसार सुशीलले मंगलबार आत्महत्या गरेका हुन् । अभिनेतासँगै उनी फिटनेश ट्रेनर पनि थिए र कन्नड फिल्म उद्योगमा आफुलाई स्थापित गर्न मेहिनत गरिरहेका थिए । प्रदर्शनमा आउन बाँकी रहेको ‘सालागा’ फिल्ममा उनले पुलिसको भूमिका निर्वाह गरेका थिए, यस फिल्ममा अभिनेता दुनियाँ विजय लिड रोलमा छन् । 

सुशीलको निधनपछि अभिनेता दुनियाँ विजय निकै दुखित भएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जब मैले पहिलोपटक उनलाई देखेको थिएँ तब मलाई उनी हिरोजस्तो लाग्यो । फिल्म रिलिज हुनअघि नै उनले हामीलाई चाँडैं छाडेर गए ।

आत्महत्या गर्नु कुनै समस्याको हल होइन । मलाई लाग्छ कि यस वर्ष मृत्युको सिलसिला रोकिदैंन । केवल कोरोना भाइरसका कारण यो भएको छैन । मानिसको जागिर गइरहेको छ । उनीहरुमा विश्वासको कमी छ । यस समय मजबुत बनेर बस्नुपर्छ, जसकारण यस मुस्किल घडीबाट निस्कन सकियोस् । 

त्यस्तै निर्देशक अरविन्द कौशिकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘निकै दुःखद खबर प्राप्त भयो । सुशील गौडा जो टिभी सिरियल ‘अन्तपुरा’ मा लिड रोलमा थिए, अब यस दुनियाँमा रहेनन् । उनको आत्मालाई शान्ति मिलोस् ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.