नवलपरासी र गुल्मीमा ३ जनाको ज्यान गयो
बुटवल । नवलपरासीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका बाड नं.– १५ चोरघोलमा वनकट्टीस्थित खहरे खोलामा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही स्थानका १८ वर्षीय प्रविन विक र २० वर्षीय सुधिर विक रहेका छन् ।
माछा मार्न गएका बेला चिप्लिएर प्रविन खोलामा खसेपछि बचाउनको लागी सुधिर पनि जादाँ खोलाले बगाएको थियो । उनीहरुलाई खोलाले ५ सय मिटर तल पुर्याएको अवस्थामा शव फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यता गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोले पुरेर १ जनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका वडा नं.–४ फुस्रे निवासी ६२ वर्षीय यमबहादुर श्रीसको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीेले जानकारी दिएको छ ।
घर नजिकै रहेको खेतमा पानी लगाउन बनाएको कुलो सफा गर्ने क्रममा माथिबाट झरेको पहिरोले च्यापेर उनको घटनानस्थामा नै मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ