शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड र चेल्सी च्याम्पियन्स लिगका लागि छनौट

सोमबार, १२ साउन २०७७, ०७ : ०६
सोमबार, १२ साउन २०७७

म्यान्चेस्टर युनाइटेड र चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् । इंग्लिस प्रियिमर लिगको अन्तिम खेलमा जीत हासिल गर्दै दुई टोली युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुन सफल भएका हुन् ।

आइतबारको नतिजापछि युनाइटेड र चेल्सीसँगै लिभरपुल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन् । गत सिजन छैटौँ स्थानमा सिमित भएपछि च्याम्पियन्स लिग खेल्न युनाइटेड बञ्चित बनेको थियो ।

युनाइटेडले लेस्टर सिटीमाथि २–० को जीत हासिल गर्यो भने चेल्सीले पनि वुल्भ्सलाई समान गोलअन्तरले पराजित गर्यो ।

यता, लेस्टर सिटी र टोटनह्यामले भने युरोपा लिगका आफ्नो स्थान सुरक्षित गरेका छन् । वुल्भ्सले भने एफए कप फाइनलको नतिजा पर्खिरहेको छ ।

शनिबार नै भएका खेलमा च्याम्पियन लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै न्युक्यासल युनाइटेडले ३–१ गोलअन्तरले पराजित गर्यो भने म्यान्चेस्टर सिटीले नर्विच सिटीमाथि ५–० को जीत हासिल गर्न सफल रह्यो । आर्सनलले वाटफोर्ड ३–२ गोलअन्तरले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप