भदौबाट ‘आँधी तुफान–२’ को छायाँकन
काठमाडौं । फिल्म ‘आँधी तुफान २’ को भदौदेखि छायाँकन शुरु भएको छ । लेखकसमेत रहेका निर्माता मौनता श्रेष्ठले फिल्मको अहिले गीत रेकडिङ र प्रिप्रोडक्सन कार्यभइरहेको जानकारी दिए ।
२०६१ सालमा बनेको ‘तुफान’ को सिक्वेलको रुपमा यो फिल्म बन्न लागेको हो । हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीतमा फिल्मका लागि एक गीत सोमबार रेकर्ड भएको छ ।
एक्सनले भरिएको ‘आँधी तुफान’मा तीन अभिनेत्री पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेलगायतको मुख्य भूमिका रहेको थियो ।
यी कलाकार अहिले अभिनयमा सक्रियन नभएकोले सिक्वेलमा अहिले चलेका कलाकार रहने भएका छन् । मौनताले लकडाउन अवधिमा ‘आँधी तुफान २’लेखन सकाएका थिए । सत्यघटनामा आधारित रहेर निर्माण हुने फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
फिल्मको केही दिनमै कलाकार र निर्देशक सार्वजनिक गर्ने योजना निर्माण युनिटले बनाएको छ ।