आज गाईजात्रा पर्व मनाइँदै, सावधानी अपनाउन आग्रह
काठमाडौं – आज काठमाडौं उपत्यका लगायत देशका अन्य जिल्लाहरुमा गाईजात्रा पर्व मनाइँदैछ ।
गाईजात्रा पर्व हरेक भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायमा मनाइन्छ ।
विशेषगरी, काठमाडौँ उपत्यकाका नेवार समुदायमा प्रचतिल यो पर्व देशका अन्य जिल्लाहरुमा समेत नेवार समुदायको बसोबास भएकाले जात्रा मनाउने चलन बढ्दै गएको छ ।
गाईजात्रा पर्वको सुरुवात तत्कालीन राजा प्रताप मल्लले गरेका थिए । उनले छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल भएकी आफ्नी रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ ।
जात्रा परिक्रमा गर्दा गराउँदा मल्लको तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने प्रचलन रहीआएको छ ।
यो वर्ष भने गाईजात्रा पर्व होसियारीपूर्वक मनाउन आग्रह गरिएको छ । कोरोनाभाइरसको संक्रमण फैलँदै गएकाले जात्रामा हुने भीडभाडका कारण भाइरस फैलने सक्ने भएकाले सरकारले यस वर्षको गाईजात्रा तामझामका साथ नगर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा