शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भीमकला र टीकाको कौडा गीत ‘गोर्खा बजार’

शुक्रबार, २३ साउन २०७७, १६ : ४७
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । विशेषगरि कौडा गीत गुरुङ समुदायको मौलिक गीत हो । पछिल्लो समय निकै मौलिक कौडा गीत बजारमा आउन थालेका छन् । यस्तैमा कोरोना कहरलाई पनि छिचल्दै गुरुङ कलाकारहरुले मौलिक कौडा गीत ‘गोरखा बजार’ ल्याएका छन् ।

भीमकला गुरुङ, टीका गुरुङ, बीबी गुरुङ (बलबहादुर), बीरबहादुर गुरुङ, राजकुमार गुरुङ र कृष्ण गुरुङको स्वर रहेको गीतमा भीमकला गुरुङ र कृष्ण गुरुङको संगीत रहेको छ । गीतको शब्द टीका गुरुङ आफैले कोरेकी हुन् । जसलाई जुजु गुरुङले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियोमा दीप कोके गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको छ । पश्चिमाञ्चल साँस्कृतिक केन्द्रका कलाकारहरुको अभिनय रहेको भिडियोमा मधुर बस्नेत र विजय लामाको छायाँकन छ । गीतमा रोधी बस्ने प्रचलनसँगै माया साट्ने कुरा बुनिएको छ । जसमा माया साँटै गर्दा गोरखा र लमजुङ जिल्ला बीचको सम्बन्धलाई समेत जोड्न खोजिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप