साउदीमा ज्यान गुमाएका ६४ नेपालीका परिवारलाई सहयोग
वैदेशिक रोजगारीका लागि साउदी अरबमा पुगेका बिभिन्न कारणले मृत्यु भएका नेपाली कामदारहरुको रकम नेपाल पठाइएको छ। नेपाली दूतावास रियादले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै बिभिन्न कम्पनीमा कार्यरत रहदा मृत्युवरण गरेका ६४ जना नेपालीहरुले काम गरेबापत पाउनु पर्ने १४ लाख ५४ हजार ६ सय ८९ साउदी रीयल नेपाल पठाएको जनाएको छ।
दूतावासका अनुसार वैदेशिक रोजगारीका लागि साउदी अरब आई बिभिन्न स्थान र कम्पनीमा कार्यरत रहेको अबस्थामा मृत्यु भएका नेपाली नागरिकका कानूनी हकवालाले रकम प्राप्त गर्न सक्ने गरि मृतकहरुका समन्धित कम्पनीबाट उनिहरुले लिन बाँकी तलबभत्ता, सर्भिस बेनेफिट तथा ब्लडमनि नेपाल स्थित कन्सुलर सेवा बिभागमा पठाइको जनाएको छ।
दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई ज्यान गुमाएका नेपाली नगरिकहरुको हक वालाको तर्फबाट साउदी अरबको बिभिन्न अदालतमा पुगी बहस पौरवी गर्दै आइरहेको जनाउदै दूतावासले बिश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण असामान्य परिस्थितिले गर्दा काम कार्वाही पुर्ण रुपमा सन्चालन हुन नसकेकोले, अबस्था समान्य बनेपछि स्थगन रहेका अन्य मुद्वाहरु नियमित गरिने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा