शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलामा किन भइरहेछ सेक्सप्रति मोहभंग ?

बिहीबार, २९ भदौ २०७४, १५ : २५
बिहीबार, २९ भदौ २०७४

बीबीसी

स्टडी अफ ब्रिटिश सेक्सुअल एटीट्युड्सका अनुसार जो महिला एक पाटर्नरसँग बसिरहेकी छिन् उनीहरुमा पुरुषको तुलनामा सेक्सप्रतिको रुचीमा दोब्बर कमी पाइएको छ ।

समयसँगै महिला र पुरुषमा सेक्सको विषयमा उत्साह कम भइरहेको उक्त अध्ययनले बताएको छ जबकी महिला धेरैजसो लामो सम्बन्धमा सेक्सको विषयमा उदासीन हुने गर्दछन् ।

खराब स्वास्थ्य र भावनात्मक लगावमा कमीका कारण महिला र पुरुषमा सेक्सप्रतिको इच्छा कम भइरहेको छ । उक्त सर्वेक्षणमा करिब पाँच हजार पुरुष र ६ हजार ७ सय महिलालाई समावेश गरिएको थियो ।

उक्त अनुसन्धान बिजेएम जर्नलमा छापिएको छ । बेलायतको शोधकर्ताका अनुसार सेक्सको इच्छा लगातार खस्कनु चिन्ताको कुरा हो  र यसमा गम्भीरतापूर्वक विचार गरिनुपर्छ । यो समस्याबाट जुघ्नका लागि औषधीको प्रयोगमा रोक लगाउनुपर्छ ।

पीडा र समस्याः

सेक्स थेरपिस्ट अमान्डा मेजरका अनुसार सेक्समा बढ्दो अरुचीलाई सधैं असामान्य मान्न सकिँदैन । पुरुष र महिलाको आवश्यकता किन परिवर्तन भइरहेको छ, त्यसका विभिन्न कारण छन् । उनका अनुसार थुप्रै मामलामा यो सामान्य र स्वभाविक हुन्छ तर अन्य कारणमा पीडा र समस्या पनि पर्ने गर्दछन् ।

अनुसन्धानमा संलग्न करिब १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाका अनुसार सेक्समा उनीहरुको रुची छैन । पुरुषमा ३५ देखि ४४ को उमेरमा सेक्सप्रति सबैभन्दा कम रुची थियो । महिलामा ५५ र ६४ को उमेरमा सेक्सप्रतिको अरुची सबैभन्दा उच्च स्तरमा थियो ।

युनिभर्सिटी अफ साउथम्पटन र युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताका अनुसार महिनावारी रोकिएपछि महिलामा सेक्सप्रतिको रुची कमी हुन्छ भन्ने कुराको कुनै प्रमाण छैन । यद्यपी, घरमा साना बच्चा भएका कारण पनि महिलामा सेक्सको इच्छामा कमी भइरहेको पाइएको छ ।

यसका साथै, खराब स्वास्थ्य, भावनात्मक लगावमा उदासीनताका कारण, कुराकानीमा अरुचीका कारण महिला र पुरुषमा सेक्सको इच्छामा कम भइरहेको छ ।

सेक्सको इच्छा पुनः जागृत गर्ने पाँच टिप्सः

– यसबारे सुरुवाती अवस्थामा नै कुराकानी गर्नुपर्छ । सेक्समा अरुची हुँदा अन्य विभिन्न समस्या निम्तिन सक्छ । यसका कारण तपाईं आफूलाई तनावमा भइरहेको महसुस गर्नुहुनेछ । तपाईंले यी समस्यामा खुलेर कुराकानी गर्नुपर्छ ।

रोमान्टिक हुने अन्य तरिका पनि अपनाउनुपर्छ । एक अर्काको हात समात्नु, एक अर्कासँग कुराकानी गर्नु र धेरैजसो अँगालोमा बाँध्ने गर्नुपर्छ ।

– आफ्नो पार्टनरको सम्मान गर्नु र उनको अनुभूतिको ख्याल राख्न जरुरी छ ।

– यसबारे तपाईं सेक्स थेरापिस्टसँग कुराकानी पनि गर्न सक्नुहुन्छ । साथै, रिलेशनसिप काउन्सलरको मद्दत पनि लिन सक्नुहुन्छ ।

– यस्ता थुप्रै सम्बन्ध छन् जसमा बिना यौनसम्बन्ध सम्बन्धलाई ताजा बनाइराख्न सकिन्छ । यसका लागि क्रोधभन्दा बढि रचनात्मकतामा ध्यान दिनुहोस् ।

अनुसन्धानका अनुसार महिला एक स्तरमा आफ्नो यौन इच्छालाई आफ्ना पार्टनरसामू साझा गर्दैनन् । उनीहरु आफ्नो रुची र अरुचीबारे पनि भन्दैनन् । यसै कारण पनि सेक्सको इच्छामा गिरावट आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप