शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राम रहिमको रंगीन कहानीमा बन्नेछ फिल्म, हनिप्रितको भूमिकामा राखी सावन्त

मङ्गलबार, ०३ असोज २०७४, १० : ५७
मङ्गलबार, ०३ असोज २०७४

बलात्कारको आरोपमा २० वर्षको जेल सजायँ खेपिरहेका डेरा सच्चा सौदाका प्रमुख गुरमित राम–रहिमको जीवनमा आधारित फिल्म निर्माण हुने तयारीमा छ । सूत्रका अनुसार फिल्मको कास्टिङ पनि तय गरिसकिएको छ । रजा मुरादलाई राम रहिमको भूमिका दिइएको छ जबकी आइटम नम्बरका लागि चर्चित राखी सावन्त हनिप्रितको भूमिकामा देखिनेछिन् ।

अहिले राम रहिम हरियाणाको रोहतक जेलमा कैद छन् भने हनिप्रित सिबिआई निर्णयपछि भड्किएको हिंसापछि गायब छिन् ।

फिल्ममा राम रहिमको भूमिका नेगेटिभ शेडमा हुनेछ । यसमा राम रहिम रक स्टार बनेदेखि उनी जेल गएसम्मको कहानी समावेश हुने बताइएको छ । हनिप्रितसँगको उनको सम्बन्धलाई पनि फिल्ममा देखाइने आशा गरिएको छ ।

फिल्मको सुटिङ आजैबाट दिल्लीमा सुरु हुनेछ । एजाज खान इन्भेस्टिगेशन अफिसरको भूमिकामा देखिनेछन् । आशुतोष मिश्रा फिल्मको निर्देशन गरिरहेका छन् । वास्तवमा, जेल गएपछि राम रहिमबारे विभिन्न रहस्योद्घाटन भएका छन् । राम रहिम रक स्टार बन्नेदेखि डेराको अर्बौंको साम्राज्य पछाडि थुप्रै अपराधिक मामला सार्वजनिक भएका छन् । यसमा बलात्कार र हत्यासम्मका मुद्दा सार्वजनिक भएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप