पालले जिते ओपोको बम्पर उपहार, ‘थाईल्याण्ड ट्रिप’
काठमाडौं –ओपोद्वारा सञ्चालित ‘दशैं स्क्र््याच एण्ड विन अफर’ अन्तर्गतको ग्राण्ड प्राइज ‘थाइल्याण्ड ट्रिप’ काठमाडौं सामाखुशीका राम प्रसाद पालले जितेका छन् ।
समस्त नेपालीहरुको महान चाड विजया दशमी तथा बडा दशैंको अवसरमा क्यामेरा फोन निर्माता ओपोले सेप्टेम्बर १५ देखि ‘दशैं स्क्र््याच एण्ड विन अफर’ सञ्चालन गरेको छ । अफर सञ्चालन गरिएको छैठौं दिनसम्म आइपुग्दा योजना अन्तर्गत बम्पर उपहार, ‘थाईल्याण्ड ट्रिप’का साथै सयौँ विजेताले उपहारका रुपमा राखिएका ओपो ए३७ स्मार्टफोन, पंखा तथा क्याश प्राइज हात पारिसकेका छन् ।
सेप्टेम्बर ३० सम्म लागु हुने ‘दशैं स्क्र््याच एण्ड विन अफर’ अन्तर्गत अझै पनि धेरै विजेताले ग्राण्ड प्राइज अन्तर्गतको थाइल्याण्ड ट्रिप लगायत योजना अन्तर्गतका विभन्न उपहारहरु जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । योजना सञ्चालन गरिएको छैठौं दिनमै ग्राण्ड प्राइजका रुपमा थाइल्याण्ड ट्रिप जितेकोमा विजेता पालले आश्चर्यका साथै खुशी ब्यक्त गरेका छन् ।
‘ओपो फोनको विशेषता तथा गुणस्तरका बारेमा सुन्दै आएको थिए । दशैंको अवसरमा फोन किन्ने सोच बनाएको थिएँ । किन्दा उपहारका रुपमा ओपोका तर्फबाट थाइल्याण्ड ट्रिप परेको छ । यसका लागि म समस्त ओपो परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु ’, पालले भने ।
सेप्टेम्बर १५ देखि ३० सम्म चल्ने ‘दशैं स्क्र््याच एण्ड विन अफर’ अन्तर्गत कम्पनीले उपभोक्तालाई हरेक फोनको खरिदमा एक प्रति स्क्र््याच कार्ड उपलब्ध गराउँछ । सो कार्ड कोट्याएर (स्क्र््याच गरी) उपभोक्ताले विभिन्न ‘अन द स्पट’ रू.२ सय वा ५ सय क्याश प्राइज, पंखा, ओपो ए ३७ स्मार्टफोन, ३२ ईञ्च एलसीडी टीभी तथा ग्राण्ड प्राइजका रुपमा थाइल्याण्ड ट्रिप जित्न सक्छन् । साथै, सेप्टेम्बर १५ देखि अक्टोबर ५ सम्म कम्पनीका कुनैपनि स्मार्टफोनको खरिद गर्दा उपभोक्तालाई १ बर्षको एक्स्टेन्डेड वारेण्टी कार्डपनि उपलब्ध गराइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा