शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लालीगुराँसले बुझायो ४ करोड ७१ लाख बढी राजश्व

शनिबार, ०७ असोज २०७४, १२ : ५८
शनिबार, ०७ असोज २०७४

काठमाडौं – पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यस आर्थिक वर्षमा सरकारलाई ४ करोड ७१ लाख ९९ हजार ९ सय ६४ रुपैया राजश्व बुझाएको जनाएको छ । 
सम्भवतः समग्र सहकारी संस्थाहरुमा नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा यो संस्था अग्रणी स्थानमा रहेको संस्थाले दाबी गरेको छ । 
सहकारीको १९औं वार्षिक उत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको समग्र विकासको लागि यस संस्थाले आगामी वर्षमा थप नयाँ योजनाहरुमा लगानी गर्दै लैजाने संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले बताए । 

ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ वटा सदस्य सुविधा काउण्टर संचालन गरेकोसंस्थाले आ.ब. ०७२–०७३ मा ६ करोड ६६ लाख ६९ हजार २ सय १३ रुपैया खुद मुनाफा आर्जन गरेकोमा आ.व. ०७३–०७४ मा ७ करोड ७७ लाख १६ हजार ९ सय ६० रुपैया खुद मुनाफा आर्जन गरेको छ । 
गत बर्षको तुलनामा मुनाफामा १६ दशमलब ५७ प्रतिशतले बृद्धी भएको छ । त्यसैगरी, आ.व. ०७२–०७३ को कूल कारोबार ४ अर्ब ६२ करोड २९ लाख २० हजार ६ सय ३३ रुपैया रहेकोमा चालु आ.व. ०७३–०७४ मा ६ दशमलब ६७ प्रतिशतले बृद्धी गरी कुल कारोवार ५ अर्ब २३ लाख ९८ हजार ३ सय ६८ रुपैया पु¥याएको छ । संस्थाको आ.व. ०७२–०७३ मा ३ अर्ब ९२ करोड ३४ लाख २२ हजार ७ सय २७ रुपैंया निक्षेप रहेकोमा आ.व. ०७३–०७४ मा ६ दशमलब ६७ प्रतिशतले बृद्धी भई ४ अर्ब १८ करोड ५० लाख ५५ हजार २ सय ३१ रुपैंया पुगेको छ । 
कर्जा लगानी तर्फ आर्थिक वर्ष ०७२–०७३ मा २ अर्ब ९८ करोड ३१ लाख ५४ हजार २ सय ३५ रुपैया रहेकोमा, चालु आ.व. ०७३–०७४ मा ७ दशमलब ०१ प्रतिशतले वृद्धी भई ३ अर्ब १९ करोड २३ लाख ८० हजार ४ सय ३३ रुपैया पुगेको छ । शेयर पूँजी तर्फ ०७२–०७३ को कुल शेयर पूँजी ३२ करोड ४ लाख ५३ हजार ९ सय मात्र रहेकोेमा आ.व. ०७३–०७४ मा १७ दशमलब १८ प्रतिशतले बृद्धी भई ३७ करोड ५५ लाख २० हजार ९ सय रहेको छ ।  

२०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा मुख्य लगानीमा संचालित श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि.–कलेज प्रा.लि. मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
 त्यसैगरी संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटल प्रा.लि.मा प्रत्येक महिनाको १ पटक निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने ब्यबस्था गरेको छ ।
 संस्थाले बहुउद्देश्यीय लगानी तर्फ स्वास्थ्य क्षेत्र तर्फ ललितपुर, ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा तर्फ काठमाण्डौं, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.–कलेज प्रा.लि., उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि., डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी लगायत अन्य विभिन्न संघ संस्था तथा कम्पनीहरुमा लगानी गरेको संस्थाले जनाएको छ । 
संस्थाले स्थापना दिवसको अवसरमा शेयर सदस्यको हित अनुकुल विभिन्न कार्यक्रमम संचालन गर्ने जनाएको छ । संस्थाका कार्यकारी निर्देश्क भण्डारीले  शेयर सदस्यहरुको निरन्तर सहयोग र सद्भावको कारण संस्थाले उल्लेखनीय प्रगति हासिल गर्न सकेको जानकारी दिदै आगमी दिनमा थप प्रगति गर्दै जाने विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप