ad
केन्द्रीय संस्करण

बेलायतमा लकडाउन थपियो

person explore access_timeमाघ १२, २०७७ chat_bubble_outline0

 

कोरोना संक्रमण फैलिने दर नघटेपछि बेलायतले १७ जुलाईसम्म लकडाउन घोषणा गरेको छ। तर पछिल्लो पाँच दिनयता भने ब्रिटेनलाई कोरोनबाट केही राहत भने मिलेको छ। १९ जनवरीयता बेलायतमा हरेक दिन १ हजारभन्दा बढी कोरोना संक्रमितको ज्यान गुमाइरहेका थिए।  आइतबार भने यो संख्या ६ सय १० मा झरेको थियो। बेलायतमा हरेक दिन ३० हजारभन्दा बढीमा कोरोना संक्रमण भइरहेको छ। साथै बेलायतले कोरोना संक्रमण धेरै भएको देशबाट आउने यात्रुहरूलाई १० दिन अनिवार्य क्वारेन्टाइन बस्न भनिसकेको छ।

आइतबार मात्रै देशभर ३० हजारभन्दा बढी कोरोना नयाँ संक्रमित फेला परेका थिए। यहाँ दक्षिण अफ्रिका भेरियन्ट कोरोनाका ७७ र ब्राजिल भेरियन्टका ९ संक्रमित पाइएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि गरिएको लकडाउनले संक्रमणदर घटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै फेरि पनि लकडाउन गर्नुपर्ने अवस्था आएको बेलायतले जनाएको छ।

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा गत पुसमा पनि डेढ महिना लकडाउनको घोषणा गरिएको थियो। मध्य फेब्रुअरीसम्म सबै स्कुल बन्द रहने, स्वास्थ्य र फिटनेस कायम राख्न हप्तामा एक दिन मात्र बाहिर आउन पाउने अनुमति दिइएको थियो।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.