इतिहासमा आजः आमा बिरामी भएपछि ९ वर्षदेखि काम गर्न थालेका थिए संसारलाई हसाउने चार्ली च्याप्लिन, पढाई पनि छुट्यो
चार्ली च्याप्लिनको नाम नसुन्ने सायदै होलान् । उनी एउटा यस्ता क्षमतावान् कलाकार थिए जसले आफ्नो अभिनयमार्फत् संसारलाई खुबै हसाए । आजकै दिन सन् १९१४ मा चार्लीको पहिलो फिल्म रिलिज भएको थियो । यसको नाम ‘मेकिङ अ लिभिङ’ थियो । यसमा उनले कएक ठगको भूमिका निभाएका थिए । फिल्मलाई हेनरी लेहरमनले लेखेका र निर्देशन गरेका थिए । यो फिल्म १५ मिनेटको थियो । यो फिल्म कमेडी थियो र पूर्ण रुपमा साइलेन्ट मुभी थियो, अर्थात् यसमा आवाज थिएन, मात्र अनुहार र शरीरको हाउभाउ थियो । यो फिल्ममा चार्लीले आफ्नो अभिनयमार्फत् मानिसहरुलाई असाध्यै हसाए । यो फिल्म चार्ली च्याप्लिनको करियरको टर्निङ पोइन्ट पनि साबित भयो ।
चार्लीको जन्म सन् १९९८ अप्रिल १६ मा लण्डनको असाध्यै गरिब परिवारमा भएको थियो । पूरा नाम चार्ल स्पेन्सर च्यापलिन थियो । उनी निकै सानोमा उनका आमाबुवाको सम्बन्धविच्छेद भएको थियो । आमा मानसिक रोगको शिकार भएकी थिइन् । घर चलाउने बोझ चार्लीमा परेपछि उनले बाल्यकालमा नै पढाई छोड्नुपरेको थियो । ९ वर्षको उमेरमा नै उनले काम गर्न सुरु गरे । अभिनयको शौख थियो, त्यसैले स्टेज कलाकार र हास्यकलाकारको रुपमा आफ्नो भाग्य जोख्न थाले । उनको अभिनय कला देखेर एउटा कम्पनीले उनलाई अनुबन्ध गर्यो । त्यसपछि उनी अमेरिका गए । उनको लामो फिल्म सन् १९२१ मा ‘द किड’ नामबाट आयो । उनको चर्चित फिल्ममा ‘अ वुमन अफ पेरिस, द गोल्ड रश, द सर्कस, सिटी लाइट्स, मोर्डन टाइम्स’ रहेको छ । यी फिल्मलाई आजपनि निकै रुचाइन्छ ।
चार्लीको व्यावसायिक जीवनसँग सम्बन्धित एउटा विवाद पनि रह्यो । यो फिल्म थियो – द ग्रेट डिटेक्टर । यसमा चार्लीले एडोल्फ हिटलको भूमिका निभाएका थिए । उनीमाथि कम्युनिष्ट भएको आरोप लाग्यो । त्यसपछि उनीमाथि एफबीआईको अनुसन्धान लागू गरियो ।
अमेरिका छोडेपछि चार्ली स्विटजरल्याण्ड गएर बसेका थिए । चार्लीले ४ वटा विवाह गरेका थिए, उनका ११ सन्तान थिए । उनका प्रशंसकमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइन्ट र बेलायती महारानी पनि समावेश थिए । चार्लीको मृत्युपछि उनको शव चोरी भएको थियो । पछि उनको शव पत्ता लगाइयो । त्यसपछि उनको शव ६ फिटको कंक्रिटबाट बनेको चिहानमा गाडियो ।
संसारभरी २ फेब्रुअरीमा भएका महत्वपूर्ण घटनाक्रम यस्ता छन्ः
सन् २००४ः चर्चित टेनिस खेलाडी रोजर फेडरर २३७ हप्तासम्म संसारको शीर्ष खेलाडी बनेका थिए । यो आफैंमा एउटा रेकर्ड हो ।
सन् २००२ः अमेरिकाका पत्रकार डेनियल पर्ललाई अपहरण गरेको मामिलामा तीनजनालाई पक्राउ गरिएको थियो ।
सन् १९९९ः अष्ट्रेलियाका कप्तान मार्क टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए ।
सन् १९९०ः अफ्रिकी नेशनल कांग्रेसमा ३० वर्षसम्म लागेको प्रतिबन्ध हट्यो । त्यसको केही महिनापछि नेल्सन मन्डेलालाई जेलमुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर